कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै

nepali-Congress-flag_20110409091641[1]

काठमाडौं- तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त नेपाली कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति चयन अन्योलमा पर्ने भएको छ ।

नयाँ संविधानको व्यवस्थाअनुसार दलको विधान परिमार्जन गर्नुपर्ने भएपछि संसदीय दलको निर्वाचनको टुंगो आइतबार मात्र लाग्ने भएको छ ।

आइतबार विहान ११ वजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने निर्वाचन समितिको बैठकले निर्वाचन तालिकाका साथै संविधानको व्यवस्थाअनुसार विधान संशोधन प्रक्रिया अघि बढाउने छ ।

नयाँ संविधानको व्यवस्थाविपरीत संसदीय दल र कार्यसमितिमा विकास क्षेत्रका आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था छ । त्यसलाई संशोधन गरेर प्रदेशका आधारमा सदस्य निर्वाचित हुने व्यवस्था गर्ने तयारी छ ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पार्टी नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।