ब्रसेल्सको जाभेन्तम विमानस्थल मङ्गलबारबाट मात्र सुचारु हुने

विमानस्थलको सुरक्षामा नयाँ व्यवस्था गरिने

bru airब्रसेल्स- बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आगामी मङ्गलबार मात्र खोल्ने भएको छ ।

उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरुको आक्रमणमा परी ठूलो क्षति पुगेको छ । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा गएको मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ ।

ब्रसेल्स प्रहरीले आजसम्म कैयौँ व्यक्ति पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । यस विषयका समाचारहरु आइरहेका छन् ।

ब्रसेल्सको जाभेन्तम विमानस्थलमा आगामी मार्च २९, मङ्गलबारदेखि मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरु पुनः सुचारु हुने जानकारी उक्त विमानस्थलले शनिबार दिएको बताइएको छ ।

उक्त विमानस्थलको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको बताइएको छ । साथै विमानस्थल सञ्चालनका लागि आगामी दिनमा नयाँ सुरक्षा मापदण्ड लागू गर्न लागिएको जनाइएको छ ।

ब्रसेल्सको प्रान्तीय सरकारले सुरु गर्न लागेको भनिएको उक्त नयाँ सुरक्षा व्यवस्था कस्तो हो र विगतको तुलनामा के कस्तो सुधार गरिँदैछ भन्ने बारेमा भने केही बताइएको छ ।