काठमाडौँ, २३ असार । अस्वस्थ्य भई ओम अस्पतालमा उपचारार्थ नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । उनलाई भेन्टिलेटरबाट हटाइएको छ ।
उनमा चेतना आएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको विज्ञप्ति उद्धृत गर्दै पार्टीले जनाएको छ । महामन्त्री डा कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिन कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः आज साँझ अस्पताल पुगेका थिए । सभापति देउवालाई डा कोइरालाले उठेर नमस्कार गर्दै बोल्न खोजेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज साँझ ७ बजे प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
चिकित्सकले डा कोइरालाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको बताएका छन् । उनी अस्वस्थ भई उपचारका लागि मङ्गलबार राति अस्पतालमा भर्ना भएका थिए ।






