कलाकर्मी
लण्डन– नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०२५ मा नेपाली फिल्म क्षेत्रमा विश्वव्यापी लगानीलाई आकर्षित गराउने उदेश्यका साथ ‘विश्वव्यापी लगानीमार्फत नेपाली सिनेमाको सशक्तीकरण’ (Empowering Nepali Cinema Through Global Investment) विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।
अन्तरक्रिया कार्यक्रम १९ जुलाईका दिन स्थानिय समय अनुसार दिउँसो १ बजे देखि २ बजेसम्म महोत्सवको आयोजनास्थल नर्थ एडम्बरा आर्ट्समा आयोजना हुँदैछ । अन्तरक्रियामा नेपाल, बेलायत, क्यानडा तथ अस्ट्रेलियाका फिल्मकर्मीहरुको सहभागिता रहने छ ।
अन्तरक्रिया कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली सहजकर्ताको रुपमा रहने छन् भनेवक्ताहरुमा नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयि राई,
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला,
नेपाल चलचित्र कलाकार संघ बेलायतका रोमियन लिम्बू , नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी, नेपाल तथा बेलायतका फिल्म निर्देशक मिलन चाम्स, दिपेन्द्र लामा (चलचित्र निर्देशक–नेपाल), मनिष श्रेष्ठ ( निर्माता–निर्देशक–कलाकार–बेलायत), एभरेस्टर सुदर्शन ( कलाकार–निर्माता, अन्तर्रास्ट्रिय साँस्कृतिक दूत, क्यानडा) , प्रेम लामा (निर्माता, निर्देशक, कलाकार–बेलायत), प्रशुन्ना कँडेल (नायिका, प्रोफेसर–बेलायत) रहने छन् । उक्त कार्यक्रममा अस्ट्रेलियाबाट आएका चलचित्रकर्मीहरु पनि उपस्थित रहने छन् ।
नेपाली फिल्म क्षेत्रमा विश्वभरि छरिएर रहेका धेरै नेपालीहरुको लगानी रहने गरेको छ र नेपाली फिल्म क्षेत्रको एउटा राम्रो बजारको रुपमा विश्व बजारलाई लिन सकिन्छ । नेपाली फिल्म क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षण र बजार प्रवर्द्धनको सम्भावना खोज्दै बेलायत, क्यानाडा तथा नेपालका फिल्मकर्मीहरु एउटै साझा मञ्चमा यो अन्तरक्रिया गर्न लागिएको महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराएका छन् ।
महोत्सवमा यस्ता अन्तरक्रिया कार्यक्रम समावेश हुन एकदमै राम्रो हो, यसले नेपाली फिल्म क्षेत्रको विकासमा अझ उर्जा थप्ने कुरामा दुई मत छैन’, स्कटल्याण्डको एडिनबरा निवासी अनाम धरानका रंगकर्मी तथा महोत्सवको व्यवस्थापन समितिका संयोजक सुवास थापाको भनाइ छ ।
स्कटल्याण्डमा नै पहिलो पटक यति भव्य कार्यक्रम हुन लागेकोमा आफू एकदमै उत्साहित भएको नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय मान डंगोलको भनाइ छ ।
महोत्सवको लगभग सम्पूर्ण तयारी पूरा भएको तथा अब कार्यक्रम प्रायोजकबाट आर्थिक सहयोग हुने क्रम जारी रहेको छ । अध्यक्ष डंगोलले यही समाचारमार्फत सम्पूर्ण सहयोगी दाता तथा प्रायोजकहरुलाई महोत्सवको सफल आयोजनालाई सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
१९ जुलाईकै दिन कार्यक्रमस्थल North Edinburgh Arts
MacMillan Hub, 12c MacMillan Square, Edinburgh EH4 4AB स्थानिय समय अनुसार दिउँसो १ बजे एउटा हलमा फिल्म प्रदर्शन हुनेछ भने अर्को हलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने जानकारी महोत्सव निर्देशक अरुण कुमार प्रधानले गराएका छन् ।
१९ जुलाईकै दिन कार्यक्रम स्थल दिउँसो १:०० बजे एउटा हलमा चलचित्र प्रदर्शन हुँदै गर्छ अर्को हलमा अन्तरक्रिया क्रायक्रम हुने जानकारी महोत्सव निर्देशक अरुण कुमार प्रधानले गराउनु भयो ।






