लन्डन। रेडिङ नेपाली समाज यूकेले चर्चित लोक तथा दोहोरी कलाकार राजु परियार र शिला आले सँग नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएका छन्।
समाजको आयोजनामा अप्रिल १३ आइतबार साँझ
West Reading community hall मा नया वर्ष विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष भीमसेन खड्काले लण्डन नेपाल न्यूजलाई बताए ।कार्यक्रममा सहभागी भै मनोरंजन लिन समाजले सबैमा आग्रह गरेका छन्।
कार्यक्रम संयोजक एबम समाजका उपाध्यक्ष बालकृष्ण दाहालका अनुसार समाजले आयोजना गरेको कार्यक्रम सबै नेपालीलाई नेपाली कला, संस्कृति, र गित संगीतमा मनोरंजन लिदै नेपाली नया बर्ष मानौं भन्ने उदेश्य रहेको उनले बताए।
कार्यक्रम संयोजक दाहालका अनुसार कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायक राजु परियार र शिला आले तथा स्थानिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। त्यसैगरी, अन्य दर्जनौँ स्थानीय कलाकारहरूले गीत, संगीत, र नृत्य प्रस्तुत गर्नेछन्।
समाजको कार्यक्रममा नेपाली स्वादिष्ट परिकारहरु तथा ड्रिङ्क्स सुफत मुल्यमा उपलब्ध हुनेछ भन्दै,तपाईं सहित सपरिवारको गरिमामय उपस्थितिको लागी हामी हार्दिक निमन्त्रणा गर्दछौ । कार्यक्रम सॉझ ५ :३० देखी १० :३० र टिकट- Advance 10 पाउण्ड Door-12 pound बच्चा – under 12 free.गरिएको छ ।
कलाकारहरु शिला र राजु”लोक दोहोरी विशेष” कार्यक्रम लिएर सुनगाभा इन्टरटेण्टमेन्ट प्रालिको निमन्त्रणामा अप्रिल पहिलो हप्ता बेलायत आउने भएका हुन् ।






