लण्डन। तमुधीं लण्डन इकाईले संस्था स्थापनाको १७ वर्ष पछि पहिलो पटक लण्डनमा आफ्नो संस्थाको भबन खरिद गर्ने परोपकारी उदेश्य सहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी २९ मार्च शनिबार लन्डनस्थित ग्रिन फोर्ड टाउन हलमा पहिलो फन्डराइजिङ च्यारिटी डिनर नाइट – २०२५ आयोजना गरिन लागेको ईकाइका महासचिब रक गुरुङले लण्डन नेपाल न्यूज लाई बताए
कार्यक्रममा बिभिन्न मनोरन्जनात्मक प्रस्तुती संगै नेपालीआधुनिक गीत गजल साथै लोक गीतको साथमा स्वादिष्ठ डिनर रहेको महासचिब रक गुरुङले बताए
इकाइका अध्यक्ष भरत गुरुङले परोपकारी कामका लागि डिनरनाइट हुन लागेकोले उपस्थित हुन बेलायत निवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई आग्रह गरेका छन् ।
बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिष्ठित प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
लण्डन इकाईका बरिष्ठ ऊपाध्यक्ष एबम कार्यक्रम संयोजक ईश्वर गुरुडले कार्यक्रमको तयारी सबै पुरा भई सकेको बताए
नेपाली समुदायको निरन्तर सहयोग, समर्थन र सहभागिताले यस संस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास रहेको भन्दै वेलायतबासी नेपाली दिदिबहिनी दाजुभाईहरुलाई ऊपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम सफल बनाईदिन ट्रस्टी सलाहाकार डेभिड गुरुङले अनुरोध गरेका छन्।






