लण्डन आउदै गायिका समिक्षा अधिकारी पहिलो सो प्लेमाउथमा साउथवेस्ट नेपाली समाज यूकेको नेपाली नयाँ बर्षमा बबाल हुने

लन्डन । साउथवेस्ट नेपाली समाज युकेले नेपाली नयाँ वर्ष २०८२ विशेष कार्यक्रम गर्ने भएको छ ।

समाजको आयोजनामा अप्रिल १४ सोमबार साँझ रेलवे क्लब  (Railway club)मा नया वर्ष विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष किशन जिसीले लण्डन नेपाल न्यूजलाई बताए ।

साउथवेस्ट नेपाली समाज युकेले आयोजना गरेको कार्यक्रम सबै नेपालीलाई नेपाली कला, संस्कृति, र गित संगीतमा मनोरंजन लिदै नेपाली नया बर्ष मानौं भन्ने उदेश्य रहेको जिशीले बताए।

अध्यक्ष किशन जिसीका अनुसार कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका समिक्षा अधिकारी तथा स्थानिय कलाकार आर के श्रेष्ठ लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। त्यसैगरी, अन्य दर्जनौँ स्थानीय कलाकारहरूले गीत, संगीत, र नृत्य प्रस्तुत गर्नेछन्।

यसै गरि कार्यक्रममा बेलायतका चर्चित साउन्ड इन्जिनियर (DJ)हेम विष्टले विभिन्न खालका नेपाली गीत बजाउदै सबैलाई नचाउने छन् ।

अध्यक्ष किशनले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।सन् २००८ मा स्थापना भएको सस्थाका संस्थापक अध्यक्ष दिपक ढकालबाट सुरु भएको समाजले जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।