(नेपाली लिंक)
लन्डन ।मगर संघ यूके युएचएसबी शाखाको सातौं अधिवेशनले वीर बलालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिमा गणेश बुढाथोकी उपाध्यक्ष, नानु राना महिला उपाध्यक्ष, पार्वती थापा सचिव, धन थापा सहसचिव, गोप सिंजाली कोषाध्यक्ष र रोजिना थापा सहकोषाध्यक्ष निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा डम्बर थापा, शिला थापा, गीता पाइजा, बबी पाइजा, गुन थापा, थम रोका, खिम पुन, ऋषिराम राना, पञ्च पुन, मञ्जु राना, चन्दा पुन, सीता थापा र दीपक राना निर्वाचित भएका छन् ।
नवनिर्वाचित समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कुल थापाले शपथग्रहण गराएका थिए ।नवनिर्वाचित अध्यक्ष बलालले शाखाको साख बढाउने गरी इमान्दारीपूर्वक काम गर्ने अठोट व्यक्त गरेका छन्।






