सिड्नी । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउदै नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल सर्जक, कलाकार, मोडल तथा गायिका जेनिशा गौतमको भजन गीती संग्रह शुक्रवार सार्वजनिक गरिएको छ । २१ फेब्रअरी शुक्रवार सिड्नीको मेरील्याण्डमा अवस्थित गैर आवासीय नेपाली संघ एनआएनए अस्ट्रेलियाको भवनमा आयोजित एक कार्यक्रमकाबीच गौतमको भजन संग्रह “माया छरिदेउ” सार्वजनिक गरिएको हो । गायिका गौतमको अध्यक्षतामा भएको भजन गीति संग्रह सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
बेलुकी ७ बजेदेखि सुरु भएको कार्यक्रममास्वागत अक्षिता तिमिल्सिना र मानस राजले स्वागत मन्तव्यद्धारा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले जेनिशा ईन्टरटेन्टमेन्टले गरेका कार्य उत्कृष्ट रहेको भन्दै नेपाली गीत संगीत र नेपालको भाषा, संस्कृतीको प्रवद्र्धन गर्न मद्धत पुगेको बताए । त्यस्तै विशेष अतिथि एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज संयोजक संगिता चापागाईले पनि जेनिशा ईन्टरटेन्टमेन्टको बारेमा प्रशंसा गरेकी थिईन । ग्रेटर नेपलिज मल्टिकल्चर कम्युनिटीका अध्यक्ष विष्णु हमाल र निम्फाका पूर्व अध्यक्ष सुदर्शन थापा मगरले पनि जेनिशा ईन्टरटेन्टमेन्टको बारेमा बोल्दै आगामी पुस्तालाई नेपाली संगीतबारे जानकारी दिन र यस्ता संस्कृती बचाई राख्न मद्धत पुगेको बताए । कार्यक्रममा गायिका गौतमले आफ्नो हालै बजारमा आएको भजन प्रस्ततु गरेकी थिईन् । उपस्थित कलाकाहरु र प्रायोजकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । गीत रिलिज गर्दै गौतमले जेनिशा ईन्टरटेन्टमेन्टले गरेका कार्यहरु जानकारी गराउँदै विदेशमा गीतसंगीतलाई प्रवद्र्धन गर्ने र नेपालका विभिन्न परोपकारी कार्यहरु गर्दै आएको वताइन।
कार्यक्रममा बोल्ने वक्ताहरुले सर्जक तथा मोडल जेनिशा गौतमले समुदायमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । साथै गीत जेनिशा ईन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा आएको छ । गीतको रचना, संगीत र गायन जेनिशाले नै गरेकी हुन् । उदयराज पौड्यालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा जेनिशा आफै र बाल मुकुन्द तिमिल्सिना लगायतका अन्य कलाकारहरुलाई देख्न सकिन्छ ।भजन रिलिज भएको दोस्रो दिन दिनमा नै धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको गौतमले बताईन् ।
हेर्नुहोस् यस्तो छ भजन :






