म्यानमारमा सैनिकद्वारा देश नियन्त्रणः एक वर्ष संकटकाल

काठमाडौँ । म्यानमारको सेनाले देशलाई नियन्त्रणमा लिएको छ । नेत्री आङ सान सूची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो ।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक ‘कू’को खबर आएको हो । सेनाको टेलिभिजनले एक वर्षको निम्ति संकटकाल घोषणा गरिएको जनाएको छ ।

सडकमा सेना
सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो ।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने योजना थियो । तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो । बीबीसीले उल्लेख गरेअनुसार राजधानी र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन् ।

नेतृ सूची सेनाकाे नियन्त्रणमा

सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको हो । ‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,’ उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।

राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएका छन् । बीबीसी बर्मा सेवाका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् । सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो ।