बेलायती प्रधानमन्त्री क्यामरुनले दिए बुद्ध जयन्तीको शुभकामना

david cameron
लन्डन- बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन् ।

एक शुभकामना सन्देश प्रकाशित गर्दै क्यामरुनले नेपाली एवं विश्वभरका बौद्धमार्गीलाई शुभकामना दिएका हुन्।

नेपाल-बेलायत मित्रताको २ सय वर्ष पुगेको स्मरण गर्दै बेलायती प्रधानमन्त्री क्यामरुनले बुद्धको जन्मभूमि नेपाल र विश्वभरका बुद्ध धर्मावलम्बीहरूका लागि २५६० औं बुद्ध जयन्ती खास महत्वको भएको बताएका छन्।

camroon buddha