इन्डोनेसियामा खोजकर्ताहरुले दुर्घटनामा परेको एअर एसियाको क्यूजेड ८५०१ विमानको ब्ल्याक बक्स फेला पारेका छन् । खोज तथा उद्धार समितिका प्रमुख बामब्याङ सोइलिस्त्योले विमानको पखेटाको भागमा ब्ल्याक बक्स फेला परेको जानकारी दिएका छन् । विमानको ककपिट भ्वाइस रिकर्डरको भने खोजी जारी छ । ब्ल्याक बक्स फेला परेसँगै दुर्घटनाको कारण पत्ता लाग्ने आशा पलाएको छ ।
गत डिसेम्बर २८ मा खराब मौसमका कारण १ सय ६२ यात्रु बोकेको विमान दुर्घटना भएको थियो । इन्डोनेसियाको सुरावायाबाट सिंगापुरका लागि उडेको विमान जाभा समुद्रमा खसेको हो । मृतक यात्रुको केही शव लिकालिए पनि अझै धेरै शव विमानको भग्नावशेषमै रहेको अनुमान गरिएको छ ।
दुर्घटनाग्रस्त एअर एसियाको ब्ल्याक बक्स भेटियो






