स्याङ्जा समाज यूकेको चुनावका लागि डेविड गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन अरु को आए ?

लण्डन । स्याङ्जा समाज युकेको दोस्रो निर्वाचनका लागि समाजका वरिष्ठ सल्लाहकार एवम एनआरएनए यूके संरक्षक डेविड गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । 

नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरेको हो ।अधिबेश्न डिसेम्बर ३ तारिख अल्डरसट स्थित ठमेल रेस्टुरेन्ट हुने भएको हो ।

अधिबेश्नका लागि अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको साधारणसभाले गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।समितिमा गोमा राना, इन्द्र क्षत्री, पार्वती गुरुङ र गिर गुरुङ सदस्य रहेका छन् ।
बेलायतमा रहेका नेपालीहरुको संस्थामध्ये नयाँ संस्थाको रुपमा स्थापना संस्थाले छोटो अवधिमै सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गरिरहेको छ ।

समाजले स्याङ्जावासी सम्पूर्णलाई उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।