बेलायती राजाबाट महन्त श्रेष्ठले पाए प्रतिष्ठित’ओबीइ’ सम्मान,

लण्डन। बेलायतमा महन्त श्रेष्ठले बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ सम्मान पाएका छन्।

सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वीतीयबाट बुधबार उनलाई ‘ओबीइ’ पदक मिलेको हो। 

बुधबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा श्रेष्ठले उक्त सम्मान ग्रहण गरे ।सो क्रममा राजासँग करिब तीन मिनेट समय पाएका श्रेष्ठले बताए ।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताउंदै आजको दिन आफ्नो जीवनकै विशेष भएको बताए ।

बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछाने पनि गएका थिए।

श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि  हुन्। 

व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछानले यस्तो लेखेका छन् !