४ वटा विद्येयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

First meeting of the Legislature Parliament at the Constituent Assembly (CA) hall in Nayabaneshwor, Kathmandu on Sunday. 26 January, 2014. POST PHOTO: SANJOG MANANDHAR/KANTIPUR

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न ४ वटा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण र बीमा विधेयकलाई दफाबार छलफलका लागि विषयगत समितिमा पठाएको हो ।

गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले सार्वजनिक सुरक्षा (तेस्रो संसोधन) विधेयक २०७५ , शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र अर्थमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकाललले लेखापरीक्षण विधेयक २०७५ र बीमा विधेयक २०७५ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सबै प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक २७ गते आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।