१० माओवादीबीच एकता, पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

Maoistकाठमाडौं- एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ ।

बिहिबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरे । थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टी घोषणा गर्दा कार्यक्रम हल नेता कार्यकर्ता तथा शुभेच्छुकको तालीले गुञ्जायस भएको थियो ।

बिहिीबार बसेको माओवादी एकता संयोजन समितिको बैठकले एकीकरण पछिको नयाँ पार्टीको नाम ँनेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको थियो ।
सो प्रस्ताव एकताको औपचारिक घोषणा हुनुअघि बसेको संयुक्त महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको एक नेताहरुले बताएका छन् ।

एकीकृत हुनेहरुमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समुहलगायत रहेका छन् ।

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुँदा बादल महासचिव बन्ने सहमति भएको छ ।

उपमहासचिव कृष्णबहादुर महरा बन्ने मोटामोटी सहमति बनिसकेको छ।