‘धुम रिलोडेड’मा भिलेन बन्दै सलमान

image

मुम्बई । बलिउडको हिट सिरिज ‘धुम’को नयाँ भागमा रणवीर सिंह हीरोका रुपमा देखिने भएका छन् ।

‘धुम’मा अभिषेक बच्चन र उदय चोपडाजस्ता कम चलेका हीरो हुने गरेको भए पनि ‘धुम रिलोडेड’मा अहिलेका सबभन्दा सफल हीरो रणवीर सिंह देखिन लागेको बताइएको छ ।
हीरोभन्दा भिलेन मुख्य हुने गरेको ‘धुम’को शैली छ । अहिलेसम्मका तीन धुममा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले भिलेनको भूमिकामा अभिनय गरेका छन् ।
नयाँ ‘धुम’मा सलमान खान यो भूमिकामा देखिने बताइएको छ । यो भूमिकामा पहिले रजनीकान्तको नाम आएको थियो ।
रजनीकान्तको ‘रोबोट– २’मा अक्षयकुमार भिलेनका रुपमा देखिदैछन् । शाहरुख खानले हालै आफ्नै निर्माण ‘फ्यान’मा भिलेनको भूमिकामा अभिनय गरेका थिए । – एजेन्सी