![13236047_10206359763845355_1210747944_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13236047_10206359763845355_1210747944_n1.jpg)
लन्डन- पूर्वाञ्चल सिङगिङ स्टार ताप्लेजुङकी गायिका प्रकृति थलङ यूके आउने भएकी छन् ।
बिर्टिस गोर्खा नेपाली परिषदको निमन्त्रणामा थलङ सहित चर्चित गायिका एवं बेली डान्सर प्रिति आले र नेपाली तारा रनर अप देवेश राई पनि बेलायत आउने कार्यक्रम छ।
विदेशमा बस्ने नेपालीदेखि सांगीतिक पृष्ठभूमीकै बुबा केन्द्र विक्रम, दाजुहरु कुशल र कन्चनले उनलाई होस्टे थपेका छन् । भर्खरै आएको उनको नयाँ एल्बम ‘प्रकृति’का लागि शब्द भरिदिएका छन् युके, इजरायल र सिंगापुरमा बस्ने नेपाली देखि व्यवसायीक गीतकारहरुले । पहिलो एल्बममा राम्रा शब्द र संगीतको साथ पाएकी प्रकृतीले धेरै गीत गाएकी छैनन । तर जति गाएकी छिन ती सबै ओझपूर्ण र उत्कृष्ट छन् । पप र आधुनिक विधामा उनलाई स्वरले पनि साथ दिएको छ ।
‘प्रकृति’ एल्बममा लाहुरेहरुका शब्दले आम नेपालीहरुको भावनालाई ‘टच’ गरेको छ । प्रकृतिले स्वर दिएर शब्दहरुलाई न्याय गर्ने प्रयास गरेकी छिन् । ‘लन्डनमा पुग्दा भुल्छौ भने मेरो भन्नु केही छैन’ संस्थाका अध्यक्ष एकराज नेम्बाङले सिर्जना गरेको यीनै शब्दहरुले विदेशिनेको भावना बोलेको छ ।
नेपालबाट आउने कलाकारलाई बेलायतस्थित स्थानीय नेपाली कलाकार राजिब संगौला लगयत थुप्रै कलाकार ले साथदिने कलाकार बिभाग कि रोमियन बनेम लिम्बु ले जानकारी गराउनु भयो साथै खेलकुद बिभाग का बिस्नु गुरुङ सस्था का उपाध्यक्ष किसोर गुरुङ ले यसको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी समेत गरउनु भयो ।
यस अघि नयाँ वर्ष तथा उइण्टर सिजनको गोर्खा साँस्कृतिक साँझ भब्य सफलाता पछि, पुन २०१६ को अवसरमा गोर्खा साँस्कृतिक (समर) साँझ- २०१६ आयोजना गरिएको र सो कार्यक्रम २२ जुलाई देखी १४ अगस्त सम्म परिषदले बेलायतका विभिन्न सातवटा सहरमा गोर्खा साँस्कृतिक (समर) साँझको आयोजना गर्ने संस्थाका अध्यक्ष एकराज नेम्वाङले लन्डन नेपाल न्यूज डटकम का सम्पादक शिब भण्डारी संगको टेलिफोन कुराकानी मा जानकारी गरउनु भयो।
साथै उक्त कार्यक्रममा बेलायतका नेपाली संगीत प्रेमीको सहभागिताका लागि सबै नेपाली समुदायलाई समाजसेवी नेम्वाङले आग्रह गरेका छन ।![13231283_10206375424853312_434634630_n[2]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13231283_10206375424853312_434634630_n2.jpg)






