गुल्मीको गौडकोटकी सिमा खासु जसले दिलाइन एशिया स्तरिय स्वर्ण पदक

image

प्रेम सुनार ,गुल्मी। आईटिएफ तेक्वन्तो खेलमा यस जिल्लामा एउटी यस्ती तारा उदाईन जसले जिल्ला स्तरिय, क्षेत्रिय, राष्ट्रिय र एशिया स्तरिय प्रतियोगितामा समेत गुल्मीलाई स्वर्ण पदक दिलाएकी छन् । उनि हुन् गुल्मीको गौडकोट गाविस वडा नम्वर ४ राजाकी १७ वर्षिया सिमा खासु । जसले हालै काठमाण्डौंमा सम्पन्न साउथ एशियन च्याम्पियनशिप तेक्वन्तो प्रतियोगामा वंगलादेश र भारतका खेलाडीलाई पछाडि पार्दै स्वर्ण पदक जितेकी हुन् । फाईनलमा भारतकी हसरिता नरजली उनकी प्रतिद्धन्द्धी थिईन् । उनलाई भारी अंकले पछाडी पारे पछि प्रतियोगिता स्थल मैं हाई गुल्मी हाई हाई.. को हुटिङ्ग गुन्जायमान भएको थियो । 13236038_10206375806822861_1783307733_n[1]

यसरी एशिया स्तरीय खेलमा समेत स्वर्ण पदक दिलाउने गुल्मीकी यि तार प्रति जिज्ञाषा उठ्ला कि उनि बाबु आमासंग कुनै विकसित मुलुकमा बसेर सानै देखि तेक्वन्तो सिकेकी होलिन् र अहिले सफल भई होलिन् । तर होईन् उनि आज भन्दा दुई वर्ष अघि सम्म यस खेल अरुले खेलेको मात्र देखिकी थिईन् । जव २०६८ सालमा राष्ट्रिय प्रशिक्षक नवराज खरेल सदरमुकाममा आएर यो खेल सिकाउन थाले तव शिद्धवावा उच्च मावि तम्घासमा पढ्दै गरेकी सिमालाई पनि साथीहरुको लहलहैमा सिकाउँ की जस्तो लाग्यो । सिमा भन्छीन् –‘यति छोटो समय मैं यस्ता ठुला प्रतियोतिमा भाग लिन पाउँला भन्ने सोचेकी थिईन् ।’ राष्ट्रिय प्रशिक्षक खरेल भन्छन्–‘ जति सिकाईयो त्यसको दोब्बर सिमाले आफ्नो क्षमतामा जादुयी चमत्कार नै देखाईन् । ’ खरेलले थपे–‘उनमा अदभुत क्षमता छ जसले २०६८ साल अर्थात खेल सिकेको पहिलो वर्ष मैं छैर्ठौं राष्ट्रिय खेलकु्द प्रतियोगितामा धनगढीबाट स्वर्ण पदक गुल्मीलाई हाता पार्न सफल भएकी थिईन् ।’ सिमाले जिल्ला स्तरिय छनौट प्रतियोगिता, वुर्तिवाङ्गमा सम्पन्न क्षेत्रिय प्रतियोगिता, पाल्पा र रिडीमा भएको क्षेत्रिय प्रतियोगिता , धनगढी र काठमाण्डौं सहित दुई वर्षमा गुल्मीलाई पाँच वटा स्वर्ण पदक दिलाएकी छन् । यस वाहेक उनले एउटा सेकेन्ड मेडल पनि जितेकी छन् । उनी गुल्मेली धर्तिमा उदायकी तारा हुन प्रशिक्षक खरेलको यस्तो गुनासो छ–‘ स्थानिय सञ्चार माध्यमले समेत यस्ता गुल्मेली गहनाहरुलाई प्रोत्साहित गर्न सकेका छैनन् । ’ पिता टेकबहादुर खासु र माता सरस्वती खासुको कोखबाट २०५३ साल मंसिरमा जन्मीएकी सिमा अझ धेरै प्रगति गरेर मात्र विवाह गर्ने बताउ छिन् ।gulminews.com