लन्डनमा अग्रपंतीमा संगीता

1959418_10201725715165809_68356423_n[1]लन्डन- डेढ दशकदेखि लन्डनमा बस्दै आएकी संगीता मरहठ्ठा गैरआवासीय नेपाली संघ (एनआरएन)की आईसीसी सदस्य हुन् ।

पछिल्लोपटक एनआरएन अभियानमा सरिक भएकी मरहठ्ठा साहित्य, पत्रकारित र समाजसेवामा अब्बल मानिन्छिन् । आफ्नो जिम्मेवारीलाई सृजनशीलरुपमा पूरा गर्दै आएकी मरहठ्ठा एनआरएनएको केन्द्रीय मिडिया तथा कम्युनिकेशन टास्कफोर्सको सहअध्यक्षमा मनोनित भएकी छिन् । मरहठ्ठाको एनआरएनएका गतिविधिहरुलाई मिडियामा ल्याउनमा ठुलो योगदान रहँदै आएको छ ।

मरहठ्ठाले एनआरएन अभियानलाई अन्तर्राष्ट्रियरुपमा सार्वजनिकिकरण गर्न ठूलो योगदान गरेकी छन् । पछिल्लो समयमा उनले एनआरएनका परोपकारी अभियान, एनआरएन मुद्धा र आप्रवासनसम्बन्धि लेखहरु सेतोपाटीलगायतका नेपालका मूलधारका सञ्चारमाध्यममार्फत प्रकाशित गर्दै आएकी छन् ।

एनआरएनए युकेमा प्रथम पटक महिला फोरमको गठन गरेर एनआरएनए सम्बन्धि  महिलाहरुलाई एनआरएनएमा संलग्न गराउन उनले खेलेको भुमिकालाई उल्लेख्य मानिन्छ । एनआरएनए युकेको इतिहासमा प्रथम पटक महिला दिवस मनाउने र च्यारिटीबाट हजारौं पाउन्ड रकम उठाएर सो रकमबाट पिछडिएका चेलीहरुको शिक्षामा खर्च गर्ने कामको सरुवात मरहठ्ठा ले आफु महिला संयोजक भएका समयमा गरेकी हुन् ।

उनले पाँच बर्ष अघि सुरुवात गरेको महिला दिवस कार्यक्रमले एनआरएनए युकेभित्र ठुलो महत्व राख्दै आएको छ । साथै महिला विभागमा बेलायतबासी महिलाहरुको चासो र सहभागिता पनि बढेको छ ।

आफु सचिव हुँदा फेरि पनि उनले अर्को नयाँ कार्यको थालनी गरिन्, एनआरएनए युकेको प्रथम न्युजलेटर उनकै संयोजकत्वमा प्रकाशित भएको थियो । एनआरएनए युके र महिलाहरुको प्रतिनिधित्व गर्दै मरहठ्ठाले एनआरएनएका विश्वका विभिन्न देशमा भएका सम्मेलनहरुमा एनआरएनए युकेको उपस्थितिलाई बलियो बनाउँदै आएकी छन् ।

व्यवसायिक हिसाबले पनि मरहठ्ठा नेपाली समाजसँग जोडिएकी छन् । उनी निर्देशक रहेको उनको संस्था फर्वाड एकेडेमिक टिमले सहुलियत दरमा नेपाली महिलाहरुका लागि पठनपाठनहरु गराउँदै आएको छ ।

बेलायतको वेष्टमिनिष्टर युनिभर्सिटिबाट पत्रकारितामा मास्टर्सको अध्ययन पुरा गरेकी महरठ्ठा बेलायतको होम अफिस, पासपोर्ट अफिस, च्यारिटी र गैरसरकारी संस्थाहरुमा इन्टरप्रेटरको रुपमा पनि कार्यरत छन् ।11704_10204296501833869_1150811697310905870_n[1]

नेपाल पत्रकार महासंघ, रोयल ग्रिनीच नेपलिज सोसाइटी, गोर्खाली समाज युके,  आदिजस्ता कैयन् संस्थाहरुमार्फत रकम डोनेशन गरी उनले बेलायतबासी नेपालीहरुमाझ आफुलाई एक सक्रिय समाजसेवीका रुपमा स्थापित गराएकी छन् । यसअघि बीबीसी नेपाली सेवामा कयैन वर्ष रेडियो पत्रकारका रुपमा काम गरिसकेकी उनी बेलायती र विश्वभरका दर्शकमाझ नेपाली टीभी युकेका कार्यक्रमहरुबीच पनि परिचित छिन् ।