रिमाकाे हनिमुन खर्च कल्याणकारी कोषलाई

http://kala.setopati.com/timthumb.php?src=/home/kalasetopati/public_html/images/newsManagement/06a31fb328b3564e638a57656ad09bb2.jpg&w=675एक साताअघि रोबर्ट लोहागुणसँग वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री रिमा विश्वकर्माले हनिमुन खर्च चलचित्र कल्याणकारी कोषलाई हस्तान्तरण गरेकी छिन् । हनिमुन स्थगित गरेर उनले एक लाख रुपियाँ कोषकी संयोजक झरना थापालाई हस्तान्तरण गरेकी हुन् ।
हनिमुनका लागि रिमाले फ्रान्सको राजधानी पेरिसस्थित सेइन नदीमा प्रेम ताल्चा झुण्ड्याउने र लियोनार्दो संग्रहालयमा मोनालिसाको पेन्टिङ हेर्ने लक्ष्य राखेकी थिइन् भने रोबर्टले माल्दिभ्स घुम्ने योजना बुनेका थिए । तर, अमेरिकन टेलिकम कम्पनी, यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्टको कार्यव्यस्तताका कारण स्थगित भएपछि हनिमुन बजेटको सानो अंशको रुपमा कोषलाई हस्तान्तरण गरेकी हुन् ।
शुक्रबार साँझ हस्तान्तरण कार्यक्रममा उनले पत्रकारसँगको सवालजवाफमा फिल्म क्षेत्रबाट नहराउने बताइन् । ‘बिहेले करियरलाई रोक्छ भन्ने मलाई लाग्दैन । झरना दिदी पनि बिहेपछि नै  स्थापित हुनुभएको हो । म पनि उहाँबाट प्रभावित भएकाले यो क्षेत्रका लागि सहयोगको सानो हात बढाएका हौं ।’ उनले भनिन् । रिमाको फिल्मी करियरमा पति रोबर्टले सघाउने बताएका छन् ।
चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषमा तीन करोड चार लाख जम्मा भइसकेको बताइएको छ ।
तस्बिर-सन्नी प्रधान