भारतीय आयल निगमले भन्यो, ‘भनेअनुसार तेल दिन सक्दैनौँ’

काठमाडौं– नाकाबन्दी खुलेको भन्दै नेपाल आयल निगमलाई ट्यांकर पठाउन भनेको भारतले नेपाललाई झुक्याएको छ । भारतीय आयल कर्पोरेन (आईओसी) शनिबार नेपाल आयल निगमलाई तेलका खाली ट्याङ्कर पठाउन भनेपनि आइ्र्रतबार तेल नै नभरिदिएर झुक्याएको हो ।indian-oil

शनिबार भएको सहमति अनुसार निगमले रक्सौंल, सिलगुढी, ईलाहावाद लगायतका डिपोमा तेल लिनको लागि थप ट्यांकर पठाएको थियो । तर, आईतबार निगमले नेपालका खाली ट्याङ्करमा ईन्धन नै भरिदिएको छैन । रक्सौलमा ६३, सिलगुडीमा ४० र ईलाहावादमा ५ वटा थप ट्याङ्कर पठाएपछि अहिले निगमका १ सय ४४ खाली ट्याङ्कर भारतका विभीन्न ठाउँमा छन् ।
हिजो तेल दिन्छौँ भनेपनि आज आईओसीले कुरा फेरेको निगमका प्रवक्ता दीपक बरालले रातोपाटीलाई बताए ।
‘हिजोको सहमति अनुसार आईतबार विदा भएपनि तीनवटा डिपो खोलेर तेल भर्न दिन्छाँै आईओसीले भनेपछि ट्याङ्कर पठायौँ’, प्रवक्ता बरालले भने, ‘तर आज हिजो भने अनुसार त सक्दैनौँ १० प्रतिशत मात्र दिन्छौँ , भनेपछि त्यसो भए हामीलाई चाहिँदैन भन्दियौँ ।’

इन्धन लिन डिपो पुगेकाहरु संग आईओसिका अधिकारीहरुले माथिको आदेश भन्दै इन्धन दिन आनाकानी गरेका छन् ।
केही दिनदेखि भरेर भन्सानाका नजिकै आएका तेल र ग्यासका गाडीहरुपनि भन्सार नाकाबाट छिर्न पाएका छैनन् ।