पासर अदालत जाने

काठमाडौं, १७ असोज  । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफुलाई ‘कप्तानबाट हटाइएको’ भन्ने समाचारबारे स्पष्टीकरण मागेका छन् ।

आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले समाचार पछि आफ्नो प्रतिष्ठामा आँच आएको बताउँदै कानुनी उपचार खोज्ने बताएका हुन् ।

‘समाचारमा स्रोत खुलाइएको छैन । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षले पनि कुनै कारबाही नगरेको बताउनु भएको छ, ’ पारसले भने, ‘ क्यानले खण्डन गरेको अवस्थमा अब म समाचारबारे स्पष्टीकरण चाहान्छु । ’

पारसले आफु राष्ट्रिय टिमको लागि लामो समयसम्म कप्तान रहेको उल्लेख गर्दै उक्त समाचारले   आफ्नो मात्र नभई आफ्ना प्रसंककलाई पनि दुखी बनाएको बताए । उनले समाचारले आफ्नो प्रतिष्ठामा आँच आएको  बताउँदै भने ‘यदि मलाई चित्त बुझ्दो स्पष्टीकरण दिइदैन भने म कानूनी उपचार खोज्न बाँध्य हुनेछु ।’

यसअघि शुक्रबार अन्नपूर्णपोष्ट दैनीकमा पारसलाई क्रिकेट टिमको कप्तानबाट हटाइएको भन्दै समाचार आएको थियो । उक्त समाचार आएलगत्तै पारसले आश्चर्य जनाएका थिए । यस्तै क्यानका अध्यक्ष दीपक कोइरालाले पनि सामाचारको खण्डन गरेका थिए ।

त्यसैदिन साँझ उक्त समाचारको खण्डन गर्दै क्यानले विज्ञप्ति निकालेको थियो  । नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि कप्तान पारसको बर्खास्तीबारे आएको समाचारलाई लिएर क्यानसँग स्पष्टीकरण सोधेको थियो ।