बिदेशी लगानी ? को आउँछ यस्तो अनुशासन नभएको देशमा?

13235899_222971064749635_665986708_n[1]
डा,गोपाल पौड्याल

नेपालमा बिदेशी लगानी भित्र्याउनु पर्छ  ,एन आर एन हरुले सहयोग गर्नुपर्छ भनेर हरेक सरकारले भन्दै आएका छन तर को आउँछ र यहाँ? बिदेशी कम्पनी ल्याएर फसाएर कसरी लुटौ भनेर एम्बुस थाप्ने यहाका पार्टिहरु छन। तिनका छाडा र अनियन्तृत भात्री सङगठनहरु छन। गुण्डागर्दी गरेर लुट्छन काम हुन दिन्नन भन्ने थाह पाउँदा पाउदै को आउँछ र?प्रधान्मन्त्रीज्युले ढुक्क सङ लगानी गर्नुस भनेर कस्ले मान्नु?

यहा विमानस्थल र फास्टट्रयाक बनाउन विदेशी ठूलो कम्पनी ल्याउनु पर्छ भन्ने हरुले सोच्नु पर्ने कुराहो। विदेशका ठूला कम्पनी हरुलाइ नेपालमा २० बर्ष लामो अवधिसम्म कुनै पनि किसिमले अवरोध हुँदैन र मैले गरेको लगानी फिर्ता लैजान सक्छु भन्ने प्रत्याभूति नभएसम्म आउँदैनन ।यो कुरा लेखेर राख्नुहोस। त्यो प्रत्याभूति अर्थमन्त्री, प्रधानमन्त्री वा अरु राजनीतिक दलले भाषण गरेर दिएर हुँदैन ।

भाषणले प्रत्याभूति दिने पनि होइन । ब्यबहारले दिने हो ब्यबहारमा गुण्डा पालेर एम्बुस थाप्ने फसाउने अनि जिबनभरी लुट्ने चालाको अन्त्य गर्नु पर्छ।सरकार मात्र होइन यहाँ अनुशासनहिन छन यहाका व्यापारी,कर्मचारी र राजनितिक दलहरु ।कडा कानुन बनाउनुहोस र अपराध गर्ने काम छोडेर बिकास गर्न तिर लाग्नुहोस।सबै पर्टिका कमसेकम 20/20 जना नेताहरुले अब देखि हामी सुधृन्छौ बिदेशी लगानिको सुरक्षा ज्ञारेन्टी गर्छौ यदि तपाइहरुलाइ कुनै किसिमको दुख दियौ भने हामी अन्तरराष्ट्रीय अदालत जान तयारछौ भनेर कागज गर्नुहोस।

सन्सार्को भ्रस्ट देश भनेर चिनाउनु भएकोछ त्यो मेटाउनुहोस। सन्सारको कृमिनल कन्ट्री भनेर चिनाउनु भएकोछ त्यो मेटाउनुहोस। जनमत सङ्रह ले अनुमोदन गरेको बेबस्थालाइ गुण्डागर्दी गरेर हटाइ सत्ता फेर्नु हुन्छ त्यस्ता हर्कत हरु बन्द गर्नुहोस। सधैभरिको आन्दोलन र गुण्डागर्दी छोड्नुहोस र नेपालमा लगानी सुरक्षितछ भन्ने कुराको प्रत्याभूति यसभन्दा अगाडि नेपालमा लगानी गरेका अथबा अहिले गरिरहेका लगानीकर्ताहरुले दिने निर्णयबाट हुने हुनाले उहाहरु सङ सामुहिक माफी मागेर अब त्यस्तो हुन दिन्नौ भनेर अनुनये बिनय गर्नुहोस अनि मात्र सम्भब होला नत्र को आउँछ यहाँ? जस्तो, डावरले नेपालमा ठिक छ, मलाई समस्या छैन भनिदिनु पर्यो । उस्लाइ तपाइहरुले कति दुख दिनु भएकोछ ?बिचार गर्नुहोस त? उसले के भन्छ– मैले कम दुख पाएको छु र ? युनियनले हड्ताल गर्छ । हाजमाले भक्तपुर काठमाडौं सडक बनाएको छ । उसले स्थानीयलाई जागिरलगायत विभिन्न सुविधा दिनु परेको छ ।

स्थानीयसँगै वालुवा किन्नु पर्छ, उनीहरुले नै तोकेको मूल्यमा । बालुवामा चलेको दर प्रति टिपर छ हजार रुपैयाँ छ, उनीहरुसँग किन्नु पर्छ १८ हजार रुपैयाँ हजार टिपर । मस्र्याङदीमा त्यस्तै नमिठो अनुभव छ चाइनिजहरुको । क्यासिनोमा टटलको सत्यानास बनाइदिए ट्रेड युनिएन्हरुले स्पेसल्ली माओबादिहरुले दुनियाले देखेको कुरा हो यो।अनि वाहिरका लगानीकर्तालाई यहाँ पैसा हाल्न अर्को समस्या छ– भौगर्भिक । नेपालमा अहिलेसम्म भौगर्भिक अध्ययन भएको छैन ।

खन्दै जाँदा बीचमा कालोमाटो फेला पर्न सक्छ । वा अन्य खालको समस्या आउन सक्छ । सोचिएभन्दा फरक पर्ने वित्तिकै लागत वढ्न जान्छ । त्यही भएर विदेशी लगानीकर्ता आएर यहाँ लगानी गर्ला भनेर सोच्नु गलत हो ।

यहाँ त सबै भन्दा धेरै पैसा भएको पनि सरकार नै हो र सबै भन्दा ठूलो गुण्डा पनि सरकार नै हो त्यसैले सरकारले चाहनु पर्यो मज्जाले गर्न सक्छ अरुले चाहेर पनि सक्दैनन।