रवि अर्याल
भित्र भित्र रिसाइदिने,सुन्दरताकी शान तिमी!
नबोलेरै जितिदिने, चतुरताकि मान तिमी
कन्फ्युजन र कल्पनामा,धेरै रात बितेकाछन!
कर्णप्रिय आवाज कि ,मन्त्रमुग्ध गान तिमी!
पिकाडेली ट्रेनमा , बस्ने सिट भेट्टाउँथ्यौ!
बसिहाल्थ्यौ क्षणभरमै,प्रमादकि थान तिमी
अफशोचमा गुजारिन्छन,कुरबानीका यादहरु!
भित्रभित्रै मुर्मुरिने,संगीनताकि अभिमान तिमी!!
लुकाउँछ्यौ धेरै कुरा,भन्दाभन्दै फुस्किहाल्छ!
निपुणता फेल खान्छ,पनाहकी कान तिमी!!







