सिंगापुर। सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।
ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन–अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गरेका हुन् ।
दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार प्रधानमन्त्री लिले यही जुन १२ तारिखका दिन सिंगापुरमा हुने ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर सम्मेलनका लागि ट्रम्पलाई स्वागत गर्न आतुर रहेको पनि बताए ।






