माघ ८ गते अर्को चमत्कार हुन्छ : सुजाता

२७ पुस, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीतिक दलहरुले चामत्कारिक ढंगले माघ ८ मै संविधान जारी गर्ने दाबी गरेकी छन् । दलहरुले चामत्कारिक ढंगले विवादित विषयमा सहमति गर्ने र माघ ८ मै संविधान आउने उनको भनाइ छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेतृ कोइरालाले नेताहरुले उनले माघ ८ गते अगावै संविधान जारी गरेर जनतालाई उपहार दिने पनि बताईन् ।

उनले भनिन्-‘संविधान पार्टी, व्यक्ति र जातिका लागि नभई राष्ट्र र जनताका लागि आवश्यक हो त्यसैले जनताको हितमा संविधान जारी गर्नुपर्छ । संविधान निर्माण कार्यमा बाँडफाँडको कुरा हुन सक्दैन ।’  कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सम्भव भएसम्म सहमतिको प्रयास जारी राख्ने नभए प्रक्रियामा जाने दोहोर्‍याए ।