२७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादी र मधेसवादीसहित संविधानसभामा भएका १९ दलले दलहरुबीच सहमति नभर्इ २९ गते बस्ने संविधानसभा बैठकमा प्रक्रियामा सुरु गर्न नदिने निर्णय गरेका छन् ।
सिंहदरवारमा बसेको १९ दलको बैठकले सहमतिको प्रयास भने जारी राख्ने निर्णय गरेको छ । साथै उसले सहमतिका लागि हुने वार्ताहरुमा आदिवासी जनजातिहरुलाई समेत सहभागी गराउन माग गरेको छ ।
‘२९ गते सत्तापक्ष कुन ढंगबाट प्रस्तुत हुन्छन्, त्यस अनुसार हुन्छ । पेलेर जान खोज खोजे कुनै हालतमा हुन नदिने भन्ने भएको छ’ एक सभासदले भनेका छन् ।






