जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो ।
विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । गोमा एयरले यही जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान शुरु गरेको थियो ।







