रियाल मड्रिडको प्रशिक्षकमा राफेल बेनिटेजलाई नियुक्त गर्ने

काठमाडौं, १८ जेष्ठ ।   स्पेनिस क्लब रियाल मड्रिडले इटालीयन क्लब नेपोलीका प्रशिक्षक राफेल बेनिटेजलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्ने भएको छ । हालै सम्पन्न २०१४–१५ को सिजनमा क्लब उपाधि बिहिन बने पछि रियालले निबर्तमान प्रशिक्षक कार्लोस एन्सिलोटीलाई बर्खास्त गरेको थियो । एन्सिलोटी पदमुक्त बने पछि रिक्त रहेको प्रशिक्षक पदमा नेपोलीका प्रशिक्षक राफेल बेनिटेजलाई ल्याईन लागिएको हो ।
५५ बर्षिय बेनिटेज रियाल आउने पक्का भइ सकेपनि यसको औपचारिक घोषणा भने केहि दिनमा गरिने छ । रियाल मड्रिडको बि टिमको प्रशिक्षकका रुपमा करियर सुरु गरेका बेनिटेजले यस अघि इङ्गलिश क्लब चेल्सी र लिभरपुल पनि सम्हाली सकेका छन् ।