काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समिति गठन गरेको छ ।
राखेपले मंसिर २९ गते क्यानको साधारणसभाले तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यान गठन गरेपनि त्यसलाई मान्यता नदिइ पूर्वउपाध्यक्ष सिलवालको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति बनाएको हो ।
राखेपले बनाएको तदर्थ समितिमा रविन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद उपाध्यक्ष छन् ।
त्यस्तै, क्यानका पूर्वसदस्य एवं राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाललाई महासचिव बनाइएको छ ।
सचिवमा पूर्ण लामा तथा सदस्यहरुमा भरत केसी, निर्वाण चौधरी, डा. हरिशंकर शाह, एलबी क्षेत्री, ऋतु सिंह, दिवाकर पौडेल, सुरेशलाल श्रेष्ठ, रन्जित तामाङ र विनायक पोखरेल छन् ।






