लण्डन । बेलायतका राजकुमार ह्यारी यो वर्ष नेपालको भ्रमणमा जाने भएका छन । ![CYMPh8UWEAAht-v[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/CYMPh8UWEAAht-v1.jpg)
प्रिन्स ह्यारीको पहिलो औपचारिक नेपाल भ्रमण हुने जानकारी शुक्रबार केन्जिङ्टन प्यालेसले ट्वीटर मार्फत दिएको हो ।
लन्डनस्थित नेपाली दूतावासले भने अहिलेसम्म यसको औपचारिक जानकारी नपाएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
यसै गरि प्रधानमन्त्री डेभिड क्यामरुनको पनि नेपाल भ्रमण गर्ने खवर सार्वजनिक भएपनि यकिन भइसकेको छैन् ।
यो वर्षको स्प्रींग सिजन (वसन्त ऋतु )तिर ह्यारी नेपालको औपचारिक भ्रमणमा जाने बताइएको छ । बेलायत सरकारको आग्रहमा ह्यारीले नेपालको भ्रमण गर्न लागेको उल्लेख छ ।
भ्रमणबारे विस्तृत विवरण पछि सार्वजनिक गरिने केन्सिंगटन प्यालेसको ट्विटमा भनिएको छ ।
यसअघि पनि बेलायतकी महारानी एलिजावेथ, प्रिन्स फिलिप, प्रिन्स चाल्र्स, स्वर्गीय युवराज्ञी डायना लगायतले नेपालको भ्रमण गरेका थिए । तर सन् २००० यता नेपालको भ्रमण गर्ने बेलायती राजपरिवारका सदस्यमा प्रिन्स ह्यारी पहिलो बन्नेछन ।






