काठमाडौं- प्रधानमन्त्री केपी ओली राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन आगामी महिना टर्की जाने भएका छन्। ओली ‘विश्व मानवीय सम्मेलन–२०१६’ मा सहभागी हुन जान लागेका हुन्। उनले त्यहाँ नेपालजस्तो भूपरिवेष्टित मुलुकले भोग्दै आएका मानवीय संकट, प्राकृतिक प्रकोपलगायत विषयमा आफ्नो मुलुकको धारणा राख्ने जानकारी प्रधानमन्त्री निकट स्रोतले दिएका छन्।
स्रोतका अनुसार सम्मेलनमा प्रधानमन्त्रीले ठूला मुलुकले भूपेरिवेष्टित राष्ट्रमाथि गर्ने अन्यायपूर्ण व्यवहारलगायत विषयमा समेत मुलुकको धारणा राख्ने तयारी गरिरहेका छन्।
राष्ट्रसंघले पहिलो पटक गर्न लागेको उक्त सम्मेलनमा अन्य मुलुकका पनि सरकार प्रमुखहरू उपस्थित रहने जनाइएको छ। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाइसकिएको जनाएको छ।
नेपालका तर्फबाट सम्मेलनमा सरकार प्रमुखस्तरमा सहभागिता रहने जानकारीसमेत राष्ट्रसंघलाई गराइसकेको एक अधिकारीले बताए।
सम्मेलन आगामी जेठ १०–११ सम्म टर्कीको इस्तानबुलमा हुँदैछ। सम्मेलनमा सहभागी हुने नेपाली टोलीका लागि होटलको व्यवस्थादेखि अन्य कार्यहरूको काम भइरहेको पनि जनाइएको छ। टर्कीमा दूतावास नभएका कारण पाकिस्तानबाट यसको संयोजन भइरहेको छ।
वैशाख ७ मा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन न्युयोर्क जाँदैछन्। उनले त्यहाँ जलवायु परिवर्तनका असर र त्यसका लागि भएका प्रयासबारे पेरिस सम्मेलनको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ। दुवै भ्रमणबारे अहिले कुनै






