संघीय गठबन्धनले सिंहदरवार घेराउ जारी राख्ने

sanghiyaकाठमाडौं- आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउ कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । आइतबार बसेको गठबन्धनको बैठकले सिंहदरवार घेराउ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराउ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।

यादवका अनुसार सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ ।

गठबन्धनले आइतबारको घेराउ कार्यक्रम सफल भएको निष्कर्षसमेत निकालेको छ ।

गठबन्धनको सोमबार बस्ने बैठकले थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ ।