एनआरएन इंग्ल्यान्ड राज्य परिषदले बालगृहका लागी साइकल राइड च्यारिटी गर्ने

लण्डन। गैर आवासीय नेपाली संघ इंग्ल्यान्ड राज्य समन्वय परिषद यूकेले हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल काभ्रे जिल्लामा निर्मित बालगृहका टुहुरा- टुहुरी बिधार्थीहरूको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गर्ने भएको छ। साइकल राइड फर च्यारिटी (Cycle Ride for Charity ) नाम दिईएको उक्त कार्यक्रममा साईकल यात्रीहरूले भाग लिने भएका छन्।

इंग्ल्यान्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठ तथा सचिब गोबिन्द खरेलका अनुसार यहि आउदो नोभेम्बर महिनाको सात तारिख शनिबारका दिन बिहान १० बजे उलवीच बाट उक्त साइकल यात्रा शुरु भएर समुद्री तट ब्राइटनमा गएर सम्पन्न हुनेछ।

एक तर्फि ६९ माईल दुरी रहेको यो साईकल यात्रा मा लगभग ६ घण्टा समय लाग्नेछ । यात्राको क्रम मा हेल्थ एण्ड सेफ्टी, मेन्टिन्न्स देखी अन्य याबत कुराको जिम्मेवारी यस कार्यक्रमको संयोजन गरेका Woolwich Arsenal Riders Club (WARC) तथा क्लबका सदस्य हरू हेल्प नेपाल नेटवर्क यू के का  प्रशिद्ध प्रधान , गैर आवासीय नेपाली यू के का महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूंग, क्याट यू के का अध्यक्ष जिबन सेन , हेल्प नेपाल नेटवर्क यू के का सचिन श्रेष्ठ, नेपाली युथ एसोसिएशन यू के का अध्यक्ष लक्षुमन गुरूंग तथा सुरज गुरूंग र अमिर श्रेष्ठ ले लिएका छन ।

ईच्छुक साईकल यात्रीहरूले भाग लिन WARC का सदस्य ह्यारी गुरूंग लाई 07769 343006 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यस साईकल यात्राको मुख्य उद्देश्य हेल्प नेपाल नेटवर्कद्वारा नेपालको धुलिखेल, काभ्रे जिल्लामा निर्मित बालगृहका टुहुरा- टुहुरी बिधार्थीहरूको लागी यस्तो प्यान्डमिकको अवस्थामा नेपालीहरुको महान चाड दिवालीको बेला खाना पुगोस् तातो लगाउन पुगोस् भन्ने हेतुले यो सानो कार्यक्रम को आयोजना गरिएको हो ।  संकलित रकमको केहि अंश  बुद्ध फाउण्डेसन यू के द्वारा निर्माणाधीन अवस्थामा मा रहेको बृद्धा आश्रम लाई सहयोग गरिनेछ । यस पबित्रकार्यको लागी यथासक्दो आर्थिक सहयोग तथा साईकल यात्रीहरूलाई शुभकामना दिनु हुन इंग्ल्यान्ड राज्य समन्वय परिषद, गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष दीपक श्रेष्ठ ले बेलायतवासी नेपाली तथा संघ सस्था हरूलाई बिनम्र अनुरोध गर्दै नेपाली हरूको महॉन पर्ब बिजया दशमीको शुभकामना ब्यक्त गरेका छन।

हेल्प नेपाल नेट्वोर्क को अनाथ बालबलिकाहरुको लागि पुन्य मानविय आर्थिक सहयोग जो जस्ले गर्नु भयो यस कार्यक्रम काआयोजक गैरआवासीय नेपाली संघ युके ईङ्ल्याण्ड राज्य समन्वय परिषद हार्दिक आभार व्यक्त गर्दै भबिश्य मा पनि सबै बाट यस्तै सहयोग को अपेच्छा गरिएको छ ।

साइकल राइड फर च्यारिटी कार्यक्रमलाई सफल बनाउन सहयोगका लागि इंग्ल्यान्ड राज्य समन्वय परिषदका खेलकुद विभागका संयोजक तथा सह-कोषाध्यक्ष चन्दन गुरुङले पनि सबैलाई अनुरोध गरेका छन्।

परिषदको बैंक खाता केहि कारणबस नखुलिसकेकोले तत्कालका लागी बुद्ध फाउण्डेसन यूकेको खाता प्रयोग गर्न सहमति भएअनुसार निम्न लिखित बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ।

Barclays Bank

20-57-76

A/c: 93183165

Ref: Cycling4Charity

इंग्ल्यान्ड राज्य समन्वय परिषदले यस अघि पनि कोरोना भाइरस (कोभिड -१९)बाट पिडितहरुलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ यू के लाई  आर्थिक संकलनको लागि अहम भूमिका निर्बाह गरेको थियो। त्यसैगरी नेपाली नागरिकता निरन्तरताको लागि बहस कार्यक्रम र संघका सदस्यहरुको परिचय पत्र वितरण जस्ता उल्लेखनीय कार्यमा परिषदले एक वर्षभित्रमा नै गरिसकेको छ। यस कार्यमा परिषदका अध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा सम्पूर्ण पदाधिकारी र सदस्यहरुको पनि अहम भूमिका रहदै आएको छ। परिषदका सचिब गोबिन्द खरेलले कोरोनाका समयमा बेलायतबाट नेपाल जानका लागि भएको चार्टर फ्लाईटको समयमा संघलाइ डेटा संकलन गर्न तथा बिद्यार्थीहरुको समेत नामावली र डेटा संकलन गर्न बिशेष भूमिका निर्बाह गरेका थिए।