लन्डन। अल्डरसटको काउन्सिलरका लागि आउँदो वर्ष हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे कञ्जरभेटिभ पार्टीको उम्मेदवार चयन भएका छन् ।
पार्टीको आन्तरिक प्रक्रियाबाट बेल्वासेलाई उम्मेदवार चयन गरिएको हो ।उम्मेदवार चयन भए पछि लन्डन नेपाल न्यूज संगको टेलिफोनमा बेल्वासेले भने,काउन्सिलर पदमा उम्मेवार बन्न इच्छुक पात्रहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी पार्टीले आफुलाई उम्मेदवार छनोट गरेको बताउंछन् ।उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् ।
कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो वर्ष मे महिनामा हुने निर्वाचनमा बेल्वासेले प्रतिस्पर्धा गर्नेछन् ।पार्टीको औपचारिक घोषणा भने हुन अझै बाकी छ ।
हेरौ तस्बिरमा स्थानिय नेता हरु संग बेल्वासे दम्पति
नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त वडामा अहिले पनि कञ्जरभेटिभ पार्टीबाट निर्वाचित नेपाली समुदायकै प्रवेश केसी काउन्सिलर छन्। लेबर पार्टीको पकड रहेको उक्त वडामा बेल्वासले सहजै जीत हात पार्ने अनुमान गरिएको छ ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष उनी लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् ।दुइ दशक देखि बेलायत बस्दै आएका बेल्वासे अर्घाखाचीमा जन्मिएका हुन् ।
गुल्मी २९ पुस । चारधाममध्येको एक रुरुक्षेत्रमा माघोसक्रान्ति अवधिभर बन्दहड्ताल नहुने भएको छ । माघेसक्रान्तिको मेलालाई असरगर्ने गरी गुल्मीको रिडीमा कुनै प्रकारका बन्द हड्ताल नगर्ने […]
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले […]
काठमाडौं- काठमाडौं उपत्यकामा सिजनल फ्लूको संक्रमण बढ्दै गएको छ । साधारण रुघाखोकीलाई बेवास्ता गर्दा यो गम्भीर भएर जाने चिकित्सकहरुले बताएका छन् । विगतका वर्षहरुको तुलनामा […]