लन्डन। अल्डरसटको काउन्सिलरका लागि आउँदो वर्ष हुने निर्वाचनको लागि रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे कञ्जरभेटिभ पार्टीको उम्मेदवार चयन भएका छन् ।
पार्टीको आन्तरिक प्रक्रियाबाट बेल्वासेलाई उम्मेदवार चयन गरिएको हो ।उम्मेदवार चयन भए पछि लन्डन नेपाल न्यूज संगको टेलिफोनमा बेल्वासेले भने,काउन्सिलर पदमा उम्मेवार बन्न इच्छुक पात्रहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी पार्टीले आफुलाई उम्मेदवार छनोट गरेको बताउंछन् ।उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् ।
कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो वर्ष मे महिनामा हुने निर्वाचनमा बेल्वासेले प्रतिस्पर्धा गर्नेछन् ।पार्टीको औपचारिक घोषणा भने हुन अझै बाकी छ ।
हेरौ तस्बिरमा स्थानिय नेता हरु संग बेल्वासे दम्पति
नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त वडामा अहिले पनि कञ्जरभेटिभ पार्टीबाट निर्वाचित नेपाली समुदायकै प्रवेश केसी काउन्सिलर छन्। लेबर पार्टीको पकड रहेको उक्त वडामा बेल्वासले सहजै जीत हात पार्ने अनुमान गरिएको छ ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष उनी लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् ।दुइ दशक देखि बेलायत बस्दै आएका बेल्वासे अर्घाखाचीमा जन्मिएका हुन् ।
लन्डन । नेपाली जनसम्पर्क समिति यूकेले पराराष्ट्र मन्त्री एन पी (नारायण प्रकाश) साउदको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता […]
तक्दीर अधिकारी सिड्नी । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग क्यानबेराको जीआईओ स्टेडियममा खेल्ने भएको छ […]
मञ्जु भण्डारी, लण्डन, ताप्लेजुङ क्षेत्र नं. २ समाज यूकेको आपतकालीन बैठक गत आइतबार सम्पन्न भयो । ताप्लेजुङमा हालै गएको पहिरो पीडितलाई सहयोग गर्न बैठक बसेको […]