आईसीसी सदस्य दयानिधि सापकोटाको प्रमुख आतिथ्यतामा कोभेन्ट्रीमा यसरी गरियो अन्तरक्रिया

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्य दयानिधि सापकोटाले एनआरएनएको बारेमा मिडल्याण्ड यूकेको कोभेन्ट्री टाउनमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

सोमबार कोभेन्ट्री बस्ने करीव ३० जना समाजिक अभियन्ताहरूसँग सापकोटाले एनआरएनएको आसन्न चुनाव, नयाँ नेतृत्व, विगत, वर्तमान, भविष्य, योजनाहरु लगायतका विविध विषयमा छलफल तथा कुराकानी गरेका हुन् ।

आइसीसी सदस्य एवं समाजिक अभियन्ता सापकोटाले सहभागीहरूले एनआरएनएको अन्तराष्ट्रीय र बेलायतको आइसीसीबारे राखेका बिभिन्न जिज्ञासाबारे प्रस्ट परेका छन् ।

पोर्चुगलको एनसीसीको उपाध्यक्ष र महासचिव लगायत बिभिन्न सामाजिक संघसंस्थामा वसेर काम गरेका समाजिक अभियन्ताहरूले बेलायतको एनसीसीको देखिएको विवाद ,विकृति र आर्थिक अनिमियताबारे असन्तुष्टि राखेका थिए ।

बेलायतको ठुलो नेपाली समाज, यहाँको समाजिक संरचना एवं अस्वभाविक गुटउपगुटले यस्तो देखिए पनि एनआरएन अभियान सफल बनाउन बेलायतका एनआरएन अभियन्ताहरू ठुलो भुमिका रहेको बताए ।

उनले भने, ‘तपाईहरू हिजो पोर्चुगल एनआरएन सफल संचालन गरी आउनु भएको छ अब तपाईहरूको एनआरएन युकेमा सक्रियताले पनि यस्ता विकृतिहरूलाई हटाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

साझा नेपाली समाजका अध्य़क्ष कृष्ण शर्माको सभापतित्वमा सपन्न सो अन्तक्रिया कार्यक्रममा सामाजिक अभिन्यता केशब भण्डारीले एनआरएन युकेको वर्तमान अवस्था, साझा नेपाली समाजले मिडल्याण्डमा खेल्नसक्ने भूमिकाबारेमा आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा साझा उपाध्यक्ष प्रेम आले मगर निवर्तमान उपाध्यक्ष विष्णु चालिसे, संस्थापक उपाध्यक्ष डिल्ली राज गौतम र सदस्य भीम खनालले पनि आफ्नो धारणाहरू ब्यक्त गरे ।

सामाजिक युवा व्यव्तित्व रमेश कणेलले संचालन गरेको सो अन्तक्रिया कार्यक्रममा कोभेन्ट्रीमा बसोबास गर्ने समाजिक व्यक्तित्वहरू गोबिन्द सापकोटा, सन्तोष पौडेल, प्रेम सापकोटा , बाबुराम भुसाल,सन्तोष रेग्मी, नविन गौतम, डिल्ली प्रसाद लामिछाने , मणी राज सापकोटा, कृष्ण कणेल, हेम सापकोटा, बालकृष्ण सापकोटा लगायतले विभिन्न जिज्ञासा सहित आफ्नो बिचार प्रकट गरेका थिए ।

वेस्टमिडल्याण्डको कोभेन्ट्री एरियामा अहिले करीव पाँचसय नेपालीहरूको बसोबास रहेको छ । पोर्चुगलबाट बेलायतमा माईग्रेन्ट भएर बस्ने नेपाली घरपरिवारको संख्या उल्लेख रहेको छ ।
साझा नेपाली समाज यूकेमा कोभेन्ट्रीबाट पहिलो पटक प्रेम सापकोटा र सन्तोष पौडेल कार्यसमितिको सदस्यमा प्रतिनिधित्व गरेका छन् ।