आजदेखि उपत्यकामा ग्यास वितरण सुरु

gas1काठमाडौं- ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।

आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना छ ।

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक विक्री गर्ने तयारी छ ।

सोमबार भक्तपुरबाट सुर हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए ।