नेपाल बार एसोसिएसनमा केसी विजयी, लोकतान्त्रिक पक्षको वर्चस्व

nepal barकाठमाडौँ- नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक समूहका अध्यक्ष शेरबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक समूह अध्यक्षसहित १९ पदमा विजयी भएको छ ।

लोकतान्त्रिक र प्रगतिशील समूहबीच भएको कडा प्रतिस्पर्धामा अध्यक्ष केसीले तीनहजार ७९८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले तीनहजार ६१५ मत प्राप्त गर्नुभएको थियो । नवनिर्वाचित केसीले १८३ मत बढी ल्याई विजयी हुनुभएको हो ।

त्यस्तै, उपाध्यक्षहरुमा पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का तीन हजार ६९७ मतले विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी टङ्कप्रसाद उप्रेतीले तीन हजार ६९० मत प्राप्त गर्नुभयो ।

मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका बाहिर) विनय सिंहले तीन हजार ७९६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी रामसहाय राय यादवले तीनहजार ४२० मत प्राप्त गरी पराजित हुनुभयो ।

मध्यमाञ्चल उपाध्यक्ष (उपत्यका) मोतिराम गौतमले तीन ५९३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी रमेश वडालले तीनहजार ४५७ मत प्राप्त गर्नुभयो ।

पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्तले तीन हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभयो भने गुमानसिंह अर्यालले तीनहजार ४८७ मत प्राप्त पराजित हुनुभयो ।

मध्य पश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटाले तीनहजार ७६४ मत ल्याई विजयी हुनुभयो भने रेवतीमरण भट्टराईले तीनहजार ६२७ मत प्राप्त गरी पराजित हुनुभयो ।

सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्यायले तीनहजार ७५२ मत प्राप्त गरी विजयी हुनुभयो भने गङ्गाराम उपाध्यायले तीनहजार ५६३ मत ल्याई पराजित हुनुभयो ।

उपाध्यक्ष खुल्ला क्षेत्र महिलामा उषामल्ल पाठकले तीनहजार ७५० मत प्राप्त गरी विजयी हुनुभयो भने शान्ता सेढाई सापकोटाले तीनहजार ६५० मत ल्याई पराजित हुनुभयो ।

बारको महासचिवमा खम्मबहादुर खातीले तीनहजार ६२४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी दिनमणि पोखरेलले तीनहजार ४५५ मत पराजित हुनुभयो । त्यस्तै, कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले तीनहजार ४६७ मत प्राप्त गरी विजयी हुनुभयो भने हरिबहादुर खड्का तीनहजार ३७० मत ल्याई पराजित हुनुभयो ।

त्यस्तै, दलित सदस्यमा श्यामकुमार विश्वकर्मा, मधेसी÷मुस्लिम ९उपत्यका बाहिर० मधुर पाठक विजयी हुनुभयो । मधेशी÷मुस्लिम ९खुल्ला० रमणकुमार कर्ण, आदिवासी÷जनजाति खुल्लामा अस्मिनकुमार राई, आदिवासी÷जनजाति ९उपत्यका बाहिर० ईन्दु कोइराला विजयी हुनुभयो । महिला खुल्लामा सानुमैयाँ महर्जन, खुल्ला उपत्यका बाहिरमा पद्मबहादुर शाही विजयी हुनुभयो ।

त्यसैगरी, सात खुल्ला सदस्यमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, ईन्द्रबहादुर बुढाथोकी, विष्णुमाया भुसाल, कृष्णकुमार आङदेम्बे विजयी हुनुभयो ।

बारको नयाँ कार्यसमितिमा २५ पदाधिकारीका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो । शनिबार देशभरका ३३ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको थियो । मङ्गलबार बिहानबाट मतगणना सुरु भएको थियो । नौ हजार ५२२ मतदातामध्ये सात हजार ८४५ मत खसेको थियो ।

प्रगतिशील समूहबाट ६ पदमा विजयी

बारको नयाँ कार्यसमिति निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित १९ जना विजयी हुनुभएका छन् भने प्रगतिशील समूहबाट जम्मा तीन उपाध्यक्षसहित ६ जना मात्र विजय भएका छन् ।

सो समूहबाट मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय र महिला उपाध्यक्षमा उषा मल्ल पाठक विजयी हुनुभएको छ ।

त्यस्तै, प्रगतिशील समूहबाट खुला सदस्यमा विष्णुमाया भुसाल, कृष्ण आङ्दम्बे लिम्बू, मधेसी ९उपत्यका बाहिर० बाट मधुर पाठक विजयी हुनुभयो ।