काठमाडौं- यस वर्षको नेपाल सुन्दरीको उपाधि अश्मी श्रेष्ठले जितेकी छिन्।
होटल अन्नपूर्णमा भएको अन्तिम चरणको प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षकी बिबिए अध्ययनरत चितवन निवासी श्रेष्ठले उपाधि जितेकी हुन्।
१९ जना युवती मध्ये ललितपुरकी रोशनी खत्री फर्स्ट रनर्सअप र सप्तरीकी वर्षा लेखी सेकेन्ड रनर्सअपको उपाधि चुम्न सफल भइन्।
मिस नेपाल अश्मी श्रेष्ठले मिस नेपाल वर्ल्ड २०१६, फस्ट रनर्स अप रोशनी खत्रीले मिस नेपाल अर्थ तथा सेकेन्ड रनर्स अप वर्षा लेखीले मिस नेपाल इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।






