मधेश प्रदेशक सहितको संघीयताले देश सिसाझैं टुक्रन सक्छ : महजोडी

काठमाण्डु, २५ पुस– हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीयताले देश सिसाझैं टुक्रन सक्ने भन्दै मधेस प्रदेश बनाउन नहुने बताएका छन् । शुक्रबार राजधानीमा नागरिक समूहले गरेको कार्यक्रममा उनीहरुले विचार नपुर्याएमा देश घनले हानेको सिसाजस्तो हुने तर्क गरे ।
mबजब(वयमष्
कलाकार आचार्यले पूर्व झापादेखि पश्चिम कञ्चनपूरसम्मलाई एकै प्रदेश बनाउँदा देश टुक्रिने भन्दै राजनीतिक दलका नेताहरुलाई देशको एकतालाई जोखिममा नराख्न आग्रह गरे ।
‘मेचीदेखि महाकालीसम्मका जिल्ला जोडेर एक प्रदेश बनाउने संघीयता सिसा जस्तै हो, जतिबेलापनि टुक्रन सक्छु, आचार्यले भने ।
दुई दिनअघि मात्रै एमाले अध्यक्ष केपी ओलीले मधेसलाई एक प्रदेश बनाउने हो भने विहार र युपीलाई पनि मिसाउन भन्दै मधेसी समुदायका नेतालाई होच्याएर अभिव्यक्ति दिएका थिए ।
ओलीकै शैलीमा शुक्रबार हरिवंश आचार्यले देशलाई विखण्डन गर्ने लामो सिसा जस्तो संविधान र संघीयता आउनुभन्दा नआएको नै वेस हुने बताए।
वचन पूरा नगर्ने नेताहरुको अनुहार हेर्दा दिक्क लाग्ने गरेको भन्दै उनले वाचा पूरा नगर्ने नेताहरुको अनुहार दिनदिनै टिभीमा हेर्नुभन्दा अचेल समाचार हेर्नै छोडको पनि बताए।
हरिवंशकै भाषणमा समर्थन गर्दै अर्का कलाकार मदनकृष्ण श्रेष्ठले जातीय संघीयताले देशको भलो नगर्ने टिप्पणी गरे । उनले भने, ‘जातीय आधारमा संघीयता बनाउँदा समाजको सहिष्णुता खतरामा पर्छ भन्ने जान्दा जान्दा पनि त्यही कुरा उठाउँने नेतालाई के भन्ने रु’
महजोडीले माघ आठमा संविधान ल्याउने वाचा नेताहरुले पूरा नगरे सडकमा आउनुपर्ने बाध्यता आउने भन्दै चेतावनी पनि दिए ।