लण्डन । नेपाली नयां वर्ष २०७३ को अवसरमा बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गरेका कार्यक्रमहरुमा नेपालका राष्ट्रिय कलाकारको सहभागिता पनि निकै बाक्लो देखिएको छ ।
यहि क्रममा यहि सप्ताहन्तमा बेलायतका विभिन्न ठाउंमा आयोजना हुने नयां वर्ष कार्यक्रममा भाग लिन नायिका प्रियंका कार्की तथा गायकहरु शिव परियार र हेमन्त शर्मा पनि बेलायत आइपुगेका छन ।
प्रियंका, शिव र हेमन्त बिहिबार दिउंसो लण्डनको हिथ्रो विमानस्थल उत्रिएका थिए ।
यी तीन चर्चित कलाकारहरुले शुक्रबार सांझ नेपालिज ब्रिटिश कम्युनिटी एनबिसी यूकेले ह्यारो फुटबल क्लबमा आयोजना गर्ने नयां वर्ष कार्यक्रममा प्रस्तुति दिनेछन ।
त्यस्तै उनीहरु शनिबार सांझ आसफोर्डमा सगरमाथा गोर्खा नेपालिज कम्युनिटीको कार्यक्रममा सहभागी हुनेछन ।
आइतबार भने नेपालिज इन्टरटेन्मेनट यूकेले अल्डरसटको एम्पायर हलमा गर्न लागेको कार्यक्रममा कलाकारहरुले भाग लिनेछन ।






