स्पेन । स्पेनमा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।
आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ ।
बार्सिलोनानजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन् । कैम्ब्रिलस बन्दरगाहमा गोली चलेको आवाज सुन्नेबित्तिकै प्रहरीले सर्वसाधारणलाई सडकबाट हट्न आग्रह गर्दै कारवाही थालेको थियो ।
स्पेनका प्रधानमन्त्री मारियानो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन् ।






