‘यौन दुर्व्यवहार’ विवादले तनाव, असइ घाइते, १२ महिला पक्राउ

Man touching shoulder of uncomfortable woman co-worker
Man touching shoulder of uncomfortable woman co-worker

ताप्लेजुङ- ताप्लेजुङको खोक्लिङमा मंगलबार विवाद नियन्त्रण गर्न खोज्दा एकजना प्रहरी घाइते भएका छन् ।

मोती उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका युवराज थापाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको विवाद अनियन्त्रित हुुँदा घटना हिंसात्मक बनेको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा भनाभन भइरहेको बेला बैठकमा प्रवेश गरेका एक हुल महिलाले थापामाथि आक्रमणको प्रयास गरेका थिए ।

थापालाई बचाउन खोज्दा अस्थायी प्रहरी चौकी खोक्लिङका इन्चार्ज असइ सोम श्रेष्ठ घाइते भएका हुन् ।

प्रहरीले भीड नियन्त्रण गर्न १ राउन्ड हवाई फायरसमेत गरेको थियो । घटनामा संलग्न १२ जना महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र अहिले स्थिति नियन्त्रणमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले जानकारी दिए ।