सभामुख महराले दिए राजीनामा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ दलल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख महरालाई राजीनामा दिन निर्देशन दिएपछि महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।

आज विहान बालुवाटारमा बसेको पार्टी सचिवालयको आकिस्मक बैठकले महरालाई सभामुख र प्रतिनिधि सभा सदस्य दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको हो । सभामुख महरालाई संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *