
![sushil_koirala[1]--621x414](http://www.ratopati.com/wp-content/uploads/2014/10/sushil-koirala1-621x414.jpg)
काठमाडौँ, ११ माघ ।राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले गएराति राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, माघ ८ गते संविधान जारी गर्न नसक्नाको कारण, समसामयिक राजनीतिक परिस्थिति, संविधानसभामा सहमतिका लागि भइरहेको प्रयासलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका सञ्चार संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।






