प्रधानमन्त्री ओलीले भने–‘पुनःनिर्माणमा आत्मबल बढ्यो’

kp gujratगुजरात- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताएका छन् ।

भूकम्पपछि पुनःनिर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए ।

सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्णरुपमा क्षति पुर्‍याएको थियो ।

भुजका स्थानीयबासिन्दा र सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताकासाथ मिलेर काम गरेमा निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको बताए ।

उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भएपनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।