लन्डन ।साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा ह्यारी गुरुङ चुनिाएका छन्। गुरुङ यसअघि संस्थाको सह कोषाध्यक्ष,महासचिव हुदै उपाध्यक्ष थिए ।
नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न निर्धारित समयसीमा भित्र अध्यक्ष पदमा गुरुङको एकल उम्मेदवारी परे पछि अध्यक्षसँगै २३ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । नयाँ कार्यसमितिको औपचारिक घोषणा अर्को आइतबार हुने संस्थाको अधिवेशनले गर्ने तयारी छ ।
अध्यक्षमा निर्विरोध गुरुङ हङकङ नेपाली मञ्च यूकेको वर्तमान कार्यसमितिमा पनि अध्यक्ष छन् । एनआरएनए यूके कार्यसमिति सदस्यका साथै खेलकुद विभाग सदस्य रहेका छन् ।
सन् २००२ मा स्थापित साउथ इष्ट रिजनल तमुधिं लन्डनले स्थापनाकालदेखि नै च्यारिटी काम गर्दै आएको छ ।






