एनसीआईमा नयां नेतृत्व

लण्डन । बेलायतमा लगानी सम्भावना खोज्न स्थापित नेपाली को–अपरेटिभ ईन्भेष्टमेण्ट लिमिटेड (एनसीआई ग्रुप)को पहिलो अधिवेशन च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा सम्पन्न भएको छ । गतसाता सम्पन्न संस्थाको पहिलो अधिबेशनले तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यÔतामा नयां कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा अर्कराज तिम्सिना, कोÈाध्यÔमा लेखनाथ (एलएन) पाण्डे चयन भएका छन् । त्यस्तै  कार्यकारी सदस्यहरुमा शाहदेव गिरी, विष्ण्ँु त्रिपाठी, रञ्जिता सिंह मल्ल र सुरज केसीलाई चयन गरिएको छ ।
सुमलकुमार गुरुङको संयोजनमा हरि गुरुङ तथा कुमार श्रेष्ठ सहितको तीन सदस्यीय निर्वाचन मण्डलले नया“ कार्यकारी समिति चयन गरेको हो । नयां समितिको कार्यकाल तिन बर्षको हुनेछ ।
एनसीआई बेलायतमा स्थापित व्यावसायी तथा सर्वसाधारण्ँहरुद्धारा खोलिएको एउटा नाफामुलक सहकारी संस्था हो । मोहन गुरुङको संयोजनमा गतबर्ष कम्पनी हाउसमा दर्ता गरिएको उक्त कम्पनीमा  ९९ जना शेयर होल्डर सदस्यहरु  रहेका छन् ।
संस्थाको पहिलो अधिवेशनमा झण्डै ६४ प्रत्तिशत सदस्यहरु सहभागी थिए । तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यÔतामा सम्पन्न अधिवेशनलाई संस्थाकी सदस्य शुस्मिता गुरुङले सञ्चालन गरेकी थिईन् । तदर्थ समितिका सचिव अर्कराज तिम्सिनाको प्रगती प्रतिवेदन र कोÈाध्यÔ एलएन पाण्डेको आर्थिक प्रतिवेदन हलमा प्रश्तुत गरिएको थियो । त्यस्तै एलएन पाण्डेद्धारा प्रश्तुत विधान मस्यौदा संशोधन सहित पारित गरिएको थियो ।