गैरआवासीय नेपाली संघ बेलायतको युवाहरुको चासो बढन थालेको छ । युवा परिचालनको खाचो टार्न संघको सेप्टेम्बर १३ मा हुने छैठांै अधिवेशनका लागि युवा संयोजकमा हरि आचार्यको उम्मेदवारी घोषणा गरेका छन ।
निर्बाचनका आफ्ना एजेन्डा सार्बजनिकगर्दै आचार्यले सामाजिक कार्यमा आफु जस्तै युवा परिचालन गर्न जरुरी ठानेको बताए । पुरानो पुस्ता र नयाँ पुस्ता वीचको ग्याप मेटन र युवालाई पनि समाज सेवामा लगाने उनको अठोट छ । राजनीति र जातीय खिचातानीमा बाडिएको बेलायती समाजलाई युवाले मात्र डो¥याउन सक्ने उठको ठम्याई छ । लण्डन साउथइस्टस्थित क्याप्स् कन्सल्टेसीका मार्केटिङ डाइरेक्टर समेत रहेका आचार्यले एनआरएनए युकेको विगतको विकृतलाई युवाले नै हटाउने बताए ।
‘मेरो उम्मेदवारी युवालाई पनि एनआरएनए आकर्षित गर्ने र समाजसेवा लगाउन हो’, उनले भने । भविष्यका कर्णधारका रुपमा लिएका युवाहरुको ज्ञान र क्षमतालाई आफ्नो मातृभुमिमा लगेर सदुपयोग गर्ने आचार्यको योजना रहेको बताए ।







![11823851_10204715905766372_1328527427_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/08/11823851_10204715905766372_1328527427_n1-150x150.jpg)